काठमाडौं – शाओमीको सह–ब्रान्ड रेडमीले नेपालमा नयाँ दुई स्मार्टवाच रेडमी वाच ५ एक्टिभ र रेडमी वाच ५ लाइट (जीएनएसएससहित) सार्वजनिक गरेको छ ।
रेडमी वाच ५ एक्टिभ रु. ४,९९९ मा उपलब्ध छ । यसमा २ इन्चको डिस्प्ले, १८ दिनसम्म टिक्ने ब्याट्री, एलेक्सा भ्वाइस कमाण्ड, १४० भन्दा बढी खेल मोड र धातुको मजबुत संरचना सुविधा रहेको छ ।
त्यस्तै, प्रिमियम मोडल रेडमी वाच ५ लाइट रु. ७,४९९ मा बजारमा आएको छ । यसमा जीएनएसएस प्रविधि, १.९६ इन्चको एमोलेड डिस्प्ले, डुअल माइक्रोफोन, ५ एटीएम पानी प्रतिरोध र १५० भन्दा बढी वर्कआउट मोड सुविधा पाइन्छ ।
यी दुवै मोडलले लामो समय टिक्ने ब्याट्री, बलियो संरचना र उन्नत ट्र्याकिङ प्रणालीमार्फत प्रयोगकर्तालाई फिटनेस, स्वास्थ्य निगरानी र जीवनशैलीमै सहजता दिने कम्पनीले जनाएको छ ।







