गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौं – सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश दिएको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार सुनुवाइ गर्दै छानबिन प्रक्रियालाई अघि बढाउन आदेश जारी गरेको हो।

यसअघि त्रिभुवन शाहलगायतले गौर हत्याकाण्डबारे छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए। गौर हत्याकाण्ड २०६३ साल चैत्र २ गते भएको थियो, जसमा माओवादी र मधेशी जनअधिकार फोरमबीचको झडपमा २७ जनाको ज्यान गएको थियो। लामो समयदेखि न्यायिक प्रक्रिया टुंगोमा नपुगेको उक्त मुद्दामा अब अदालतको परमादेशसँगै थप छानबिन अघि बढ्ने भएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्