दार्चुलामा पहिराेले सडक अवरुद्ध, सवारी आवागमन ठप्प

काठमाडौँ –  दार्चुला–गोकुलेश्वर सडकखण्ड अन्तर्गत तेर्छालेक–रनेबास क्षेत्र आज बिहानदेखि पहिराेले अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमामा पर्ने उक्त स्थानमा ठूलो मात्रामा ढुङ्गा र लेदो बग्दा सडक बन्द भएको हो ।

सडक अवरुद्ध भएपछि सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका सवारी साधन घण्टौँदेखि जाममा परेका छन् । यात्रुहरू सडक खुल्ने प्रतीक्षामा अलपत्र परेका छन् । मुख्य सडकमार्ग खुलाउनका लागि गोकुलेश्वरबाट उपकरण पठाइएको भए पनि निरन्तर ढुङ्गा र लेदो बगिरहेकाले तत्काल काम अगाडि बढाउन नसकिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षासँगै आएको पहिरोका कारण काममा चुनौती बढेको जिल्ला प्रशासनले जनाएको छ । यात्रुहरूलाई तत्काल वैकल्पिक व्यवस्था गर्न कठिनाइ भएको भन्दै प्रशासनले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्