दशैंका लागि १५ दिनअघि टिकट बुकिङ खुल्ने, त्यसअघिनै भाडा बढाइने

काठमाडौँ – घटस्थापनाभन्दा १५ दिनअघि नै टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ। आइतबार प्रतिनिधिसभाको भौतिक पूर्वाधार विकास समितिमा यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारीले चाडपर्वमा हुने यात्रु चापलाई सहज बनाउन अनलाइन प्रणालीलाई प्राथमिकता दिइने बताए।

उनका अनुसार भदौ महिनामा नियमित प्रक्रिया अनुसार भाडा समायोजन हुनेछ। यातायात व्यवसायीको मुख्य माग पनि यही हो। दसैंमा सुरक्षित र व्यवस्थित यात्रा सुनिश्चित गर्न विभागले व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभाग र स्थानीय प्रशासनसँग समन्वय गर्ने तयारी गरेको छ।

आवश्यक परे निजी विद्यालयका बस र साझा यातायातलाई समेत प्रयोग गर्ने व्यवस्था मिलाइने विभागले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्