मानव अंग प्रत्यारोपणमा कानून खुकुलो बनाउँदा विकृति बढ्न सक्ने मन्त्री पौडेलको चेतावनी

काठमाडौँ  – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अंग प्रत्यारोपणसम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्न सक्ने चेतावनी दिएका छन्।

ललितपुरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले नेपालमा मिर्गौला, आँखा लगायतका ६ वटा मानव अंग पर्याप्त मात्रामा उपलब्ध नभएको बताएका छन्। मन्त्री पौडेलका अनुसार हामी जहाँ जति किड्नी चाहिन्छ त्यति प्राप्त भएको छैन। जति लिभर चाहिन्छ त्यति उपलब्ध छैन। आँखा पनि पर्याप्त छैन। शरीरका ६ वटा अंग भिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ, तर यदि यसलाई व्यापारको माध्यम बनाइयो भने स्थिति खराब हुन्छ। अहिले आइभिएफ सम्बन्धी समस्याले गर्दा अंग बेचिने गरेको पनि देखिन्छ।

उनले भारतको उदाहरण दिँदै भने कि १९८२ सम्म त्यहाँ व्यक्तिले सहजै अरूलाई अंग दिन सक्ने व्यवस्था थियो, जसले गर्दा धेरै गरिबहरूले अंग बिक्री गरेका थिए। त्यसपछि त्यस व्यवस्था बन्द गरिएको थियो।

पौडेलले नेपालमा नाता र दायरा सीमित भएकाले कानून खुकुलो बनाउँदा बेथिति बढ्ने बताएका छन्। उनले समाधानको रूपमा इरानको सफल प्रयोगको उदाहरण प्रस्तुत गर्दै भने, “ब्रेन डेथ भएका व्यक्तिबाट २४ घण्टाभित्र अंग निकालेर संग्रह गर्न सकिन्छ। यसरी सङ्ग्रहित अंग किड्नी फेल भएका र आँखामा समस्या भएका व्यक्तिलाई दिइन सक्छ।”

उनको भनाइ अनुसार, कानूनी र व्यवस्थित तरिकाले ब्रेन डेथ पश्चात अंग सङ्ग्रहण गर्न सकिँदा आवश्यक रोगीलाई प्रत्यारोपण गर्न सहज हुन्छ र अवैध कारोबार रोक्न सकिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्