रवि लामिछानेले कारागारको भित्तामा लेखेर आए- ‘अब कृष्ण जन्मिँदैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ’

काठमाडौं – रुपन्देही कारागारमा १२६ दिन बिताएर रास्वपा सभापति रवि लामिछाने ललितपुरस्थित नख्खु कारागारमा सरुवा हुँदैछन् । भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झाले भेट्दा उनले कारागारको भित्तामा लेखेर आएको सन्देश सुनाएका छन् ।

प्रवक्ता झाले दिएको जानकारीअनुसार लामिछानेले भनेका छन्, “म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु— अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।”

वाग्ले र झा कारागारमै भेट्न पुगे पनि भेट हुन नसकेपछि उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै लामिछानेसँग केहीबेर भेट गरेका थिए । सो अवसरमा लामिछानेले राजनीतिक प्रतिशोधका बाबजुद आफू नडराउने बताएका छन् । झाले लामिछानेको भनाइ उद्धृत गर्दै भने, “राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह नै लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो । जसरी सक्छन् जता सक्छन् लगून्, केही फरक पर्दैन ।” रुपन्देही कारागारबाट सरुवा आदेशपछि आज बुद्ध एयरको यू–८६० उडानमार्फत लामिछाने काठमाडौं आइरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्