जनआकाश साप्ताहिकको १८ औ वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

काठमाडौ – जनआकाश साप्ताहिकको १८ औ वार्षिकोत्सब भव्य रुपमा सम्पन्न भएको छ। यहि मिति २०८२ साउन २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कम्लादीस्थित लेखनाथ कक्षमा जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा, प्रतिनिधिसभाकी माननीय इन्दिरा राना ज्युको प्रमुख आतिथ्यमा, बिशेष अतिथि प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम विडारी, नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य सुर्य सुवेदी, नेपाल पत्रकार महासघकै काठमाडौ शाखाकी अध्यक्ष शोभा अर्याल, नेपाल राष्ट्रिय व्यवसायी महासघका निवर्तमान अध्यक्ष कुमार कार्की, विभिन्न सघ,सस्थाका पधधिकारीहरुको अतिथि र सम्मानित ब्यात्तित्वहरु, कलाकार, पत्रकारहरुको बाक्लो उपस्थितिमा भव्य कार्यक्रम गरी जनआकाश मिडियाले वार्षिकोत्सब मनाइएको हो।

प्रमुख अतिथि उपसभामुखले दियो प्रज्वलन गरी शुरु भएको कार्यक्रममा जनआकाश मिडियाका अध्यक्ष समेत रहेका मोहन कार्कीले लेख्नुभएको ूमलाइ सुन्दर नेपाल ब्नाउने रहर छू बोलको सदेश गान लोकार्पण गरिएको थियो।

सोहि अवसरमा सम्मानित हुने व्यात्तित्वहरु यसप्रकार रहेका छन। वरिष्ठ पत्रकार डा. केसव देवकोटा, वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा (जिताली), साहित्यकार सेखर अर्याल , सगितकार माधव भण्डारी, गायक रुपक डोटेल, लोक गायक सुरज बुढाथोकी, सङ्गीतकार तथा गायक निमा सेर्पा, बाल कलालार पुजा देवकोटा, युवा पत्रकार निरोज कुमार थापा , सुसेली साहित्य मुरली प्रसाद ढकाल, समाजसेवी राजकुमार घिमिरेलाइ प्रमुख अतिथिको हातवाट सम्मानित गरिएको थियो ।

त्यसैगरी जन आकाश मिडियाले सन्चालन गरेको सग्ङीत खबर कार्यक्रमका सहभागी र मलाइ सुन्दर नेपाल बनाउने रहर छ गितमा अभिनय गरेका कलाकारहरुलाइ प्रमुख अतिथिको हातवाट कदरपत्रले सम्मानित गरिएको थियो। कार्यक्रममा नृत्यकार दिपेश एसके र प्रतिमा राइले स्वदेश गानमा अभिनय देखाएका थिए। उपस्थित सहभागीहरुलाइ कार्यक्रमका विशेष अतिथि शान्त राम विडारी र सुर्य सुवेदीले मायाको चिनो वितरण गर्नुभएको थियो। कार्यक्रम अत्यन्तै सभ्य रुपमा भव्यताका साथ सम्मपन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्