कोटेश्वरमा नेपाल व्यापार संघको तीज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल व्यापार संघको आयोजनामा साउन ३० गते शुक्रबार कोटेश्वर महादेवस्थासँगै रहेको लोटस पार्टी प्यालेसमा भव्य तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल व्यापार संघका केन्द्रीय अध्यक्ष हरि गौतमले गर्नुभएको थियो भने प्रदेश सभा सदस्य सोना परियार प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संघमा आवद्ध पदाधिकारी, कार्यसमिति सदस्य, आजिवन सदस्य तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेख्य उपस्थिति थियो।

अध्यक्ष गौतमले हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा संघले हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको बताउँदै, “यस कार्यक्रमको उद्देश्य मौलिकता जोगाउँदै सांस्कृतिक एकता प्रवर्द्धन गर्नु हो,” भन्नुभयो। उहाँले सम्पूर्ण दिदीबहिनीलाई तीजको शुभकामना दिँदै यो पर्वलाई केवल मनोरञ्जनको रूपमा मात्र नभई संस्कृतिको संरक्षण र मौलिकता जगाउने अवसरको रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

प्रमुख अतिथि परियारले तीज पर्वले समाजमा आपसी सद्भाव र एकताको सन्देश दिने बताउँदै, “यस प्रकारका सांस्कृतिक कार्यक्रमहरूले परम्परागत मूल्य र संस्कारलाई नयाँ पुस्तामा स्थानान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्,” भन्नुभयो। उनले कार्यक्रममा उपस्थित महिलाहरूलाई देख्दा माईती घर आएको झल्को आएको पनि उल्लेख गर्नुभयो।

 

महिला उपाध्यक्ष पार्वती भट्ट पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा महासचिव दीपक सापकोटाले सञ्चालन गर्नुभएको थियो। सो अवसरमा आजिवन सदस्यहरूलाई सम्मानपत्र वितरण गर्नुका साथै मायाको चिनो समेत प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष रूवयनाथ कोईराला, पूर्व अध्यक्ष कुमार कार्की, वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी, प्रथम उपाध्यक्ष गिरिराज पोखरेल, एकता व्यापार संघका अध्यक्ष तेजप्रसाद आचार्य, भोटेवहाल तयारी पोशाक तथा विक्रेता संघका अध्यक्ष कुसुम महर्जन लगायतको विशेष उपस्थिति रहेको थियो।

विविध सांस्कृतिक प्रस्तुति, गीत–संगीत, नाचगान र रमाइलोका बीचमा सहभागीहरूले तीजको दर समेत खाएर एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्