काठमाडौं – अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गरेको ‘अर्किड आइडल नृत्य प्रतियोगिता २०८२ – सिजन १२’ को फाइनल राउन्ड शुक्रबार विद्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली लोक सांस्कृतिक नृत्यको प्रवर्द्धन, बालबालिकाको व्यक्तित्व विकास र प्रतिस्पर्धात्मक भावना उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता विद्यालयको प्रतिष्ठित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ।

यस वर्षको प्रतियोगितामा पहिलो राउन्डमा १६० जना विद्यार्थी सहभागी बनेका थिए। तीमध्ये १०३ जनाले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए भने उत्कृष्ट प्रस्तुति दिँदै २५ जना प्रतियोगीले फाइनलमा स्थान सुरक्षित गरेका थिए।
प्रतियोगितामा कक्षा–७ की सेविका घिमिरे विजेता घोषित भइन्। कक्षा–६ की शिवानी खड्का उपविजेता, कक्षा–९ की सुप्रभाती न्यौपाने तेस्रो तथा कक्षा–९ की खुसी कार्की चौथो स्थानमा रहे। त्यस्तै, उत्कृष्ट भेषभूषा विधामा कक्षा–४ की पुण्यशिला भुजेल विजेता घोषित भइन्।
फाइनल चरणमा प्रवेश गरेका प्रतियोगीहरूले अघिल्ला चरणमा प्रस्तुत गरेको गीतभन्दा फरक गीतमा, त्यससँग मेल खाने भेषभूषासहितको प्रस्तुति दिएका थिए।

विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुति कला र सांस्कृतिक ज्ञानमा उल्लेखनीय वृद्धि गरेको बताए।
विद्यालयका संस्थापक निर्देशक प्रेमकुमार भुजेलले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा विद्यालय निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयका प्रिन्सिपल सीबी कार्कीले विद्यार्थी, अभिभावक र आयोजक टोलीको सक्रिय सहभागिताले प्रतियोगितालाई भव्य र सफल बनाएको उल्लेख गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे।

फाइनल कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालय परिवारले सहभागी सबै प्रतियोगीलाई हार्दिक बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ।
फाइनल चरणमा प्रवेश गर्ने प्रतियोगीहरूमा रेबिसा बस्नेत, सुप्रिया शिवाकोटी, आराध्या थारु, खुसी कार्की, करिना कार्की, सुजिता भट्ट, सुनिता बजगाईँ, सिशिर जिरेल, युद्रिष्टि श्रेष्ठ, शिवानी खड्का, सुप्रवाती न्यौपाने, पवित्रा रसाइली, केन्द्रित गौतम, दिप्शना थापा मगर, दिप्शिका विश्वकर्मा, शिवानी श्रेष्ठ, पुण्यशिला भुजेल, सान्चेज तामाङ, अशिशा कार्की, सेफिया के.सी., प्रिया जिरेल, ऋष्टा राई, रोजिना खड्का, सेविका घिमिरे र आशिका थापा मगर रहेका छन्।







