कुवेतमा विषाक्त मदिरा सेवनबाट तीन दिनमा ९ नेपालीको मृत्यु, ३० भन्दा बढी उपचाररत

काठमाडौँ – खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ। नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी परेका छन् र उनीहरू कुवेतका विभिन्न अस्पतालमा उपचाररत छन्।

आचार्यका भनाइअनुसार कुवेत सरकारले यस घटनाबारे दूतावासलाई प्रारम्भिक जानकारी गराइसकेको छ भने विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ। कुवेतमा कानूनी रूपमा मदिरा प्रतिबन्धित भए पनि लुकीछिपी हुने बिक्रीबितरणका कारण नेपालीहरू प्रभावित भएको दूतावासले जनाएको छ।

“हामी निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा छौँ, थप विवरण लिँदैछौँ,” आचार्यले बताए। उनका अनुसार सबै कानूनी प्रक्रिया पूरा भएपछि मृतकको शव नेपाल पठाउन दूतावासले आवश्यक सहजीकरण गर्नेछ। हाल कुवेतमा करिब १ लाख ३० हजार नेपाली कार्यरत रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्