नेपाल व्यापार संघद्वारा आज तीज विशेष सांस्कृतिक कार्यक्रम हुदैँ

काठमाडौँ – नेपाल व्यापार संघको आयोजनामा आज साउन ३० गते शुक्रबार कोटेश्वर महादेवस्थासँगै रहेको लोटस पार्टी प्यालेसमा भव्य तीज विशेष कार्यक्रम हुँदैछ।

कार्यक्रममा नेपाल व्यापार संघका केन्द्रीय अध्यक्ष हरि गौतमको अध्यक्षता रहनेछ भने प्रमुख अतिथि प्रदेश सभा सदस्य सोना परियार हुनेछन्। अध्यक्ष गौतमले संघमा आवद्ध सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य तथा संघको सम्पूर्ण टोलीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

उनका अनुसार हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा संघले हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ, जसको उद्देश्य मौलिकता जोगाउँदै सांस्कृतिक एकता प्रवर्द्धन गर्नु हो। उनले सम्पूर्ण दिदीबहिनीलाई तीजको शुभकामना दिँदै यो पर्वलाई केवल मनोरञ्जनको रूपमा मात्र नभई संस्कृतिको संरक्षण र मौलिकता जगाउने अवसरको रूपमा लिनुपर्नेमा जोड दिए।

संघका अनुसार आजको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, गीत–संगीत तथा आपसी भेटघाटको अवसर रहनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्