नेशनल प्याब्सन कागेश्वरी मनोहरा समितिद्वारा शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र

काठमाडौँ – नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समितिले शिक्षा ऐनको मस्यौदा संशोधनको माग गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।

प्याब्सन तथा एन प्याब्सनको देशव्यापी संयुक्त आन्दोलन कार्यक्रमअनुसार बिहिबार बिहान आयोजित कार्यक्रममा नगर समितिका पदाधिकारी, सदस्य तथा निजी विद्यालयका प्रधानाध्यापकहरू सहभागी थिए। कार्यक्रममा बोल्दै समितिका प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावित शिक्षा विधेयकका केही प्रावधान निजी विद्यालयहरूका लागि अमान्य हुने भएकाले तत्काल संशोधन आवश्यक रहेको बताए।

ज्ञापनपत्रमा निजी विद्यालयलाई “नाफामूलक” भनेर गरिएको वर्गीकरण हटाउन, “पूर्ण छात्रवृत्ति” भन्ने शब्दावली हटाएर समान पहुँचका लागि ५० प्रतिशत छात्रवृत्ति व्यवस्था निरन्तरता दिन, विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति प्रावधान कायम राख्न तथा छात्रवृत्तिअन्तर्गत शुल्कसम्बन्धी प्रावधान संशोधन गर्न माग गरिएको छ।

समितिले चेतावनी दिँदै भन्यो, “भदौ ६ गतेसम्म माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका क्रममा विद्यालय बन्दसम्मका कार्यक्रम गर्न बाध्य हुनेछौं।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्