सरकारद्वारा राष्ट्रिय एआई नीति स्वीकृत सहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णयहरु !

काठमाडौँ – सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ। मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले उक्त नीति पारित गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

मन्त्री गुरुङका अनुसार बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने, राससको महाप्रबन्धकमा सन्दीप राईलाई नियुक्त गर्ने लगायतका १८ वटा निर्णयहरू गरेको छ। सरकारले स्वीकृत गरेको एआई नीति प्रविधिको सुरक्षित, जिम्मेवार र प्रभावकारी प्रयोगका लागि मार्गनिर्देशन हुने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्