काठमाडौं– काठमाडौंको पेप्सीकोलामा रहेको नेक्सस इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरूले बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधनको अवसर पारेर विद्यालयले कक्षा ९ र १० का करिब २५० जना विद्यार्थीलाई भीआईपी दर्शक दीर्घामा सहभागी गराएको हो।
विद्यालयका शिक्षकहरूको टोलीसँगै विभागीय प्रमुख (HOD) कमल कटवालको नेतृत्वमा सम्पन्न अवलोकन कार्यक्रममा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा संसदको कार्यप्रणाली, बहस र औपचारिकताहरू नजिकबाट अवलोकन गरेका थिए।

अवलोकनमा सहभागी विद्यार्थीहरू अत्यन्त उत्साहित देखिन्थे।“हामीले पाठ्यपुस्तकमा मात्रै पढेको संसदको काम प्रत्यक्ष हेर्ने अवसर पायौं। नेताहरूको बहस सुन्दा राजनीतिप्रतिको बुझाइ अझै प्रष्ट भयो।यो अनुभव जीवनभर सम्झनेछु। देशको नीति र कानुन बन्ने प्रक्रिया हेर्न पाउनु हाम्रो लागि ठूलो कुरा हो।” विद्यार्थीहरूले प्रतिक्रिया दिए ।
HOD कमल कटवालले भन्नुभयो “विद्यार्थीहरूलाई केवल कक्षामा पढाउने मात्र होइन, व्यावहारिक रूपमा पनि देखाउने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो। यसले उनीहरूको सामाजिक र राजनीतिक चेतना विकासमा ठूलो मद्दत गर्नेछ।”
विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालले भन्नुभयो “हामी विद्यार्थीहरूलाई राष्ट्रको नीति-निर्माण प्रक्रियासँग परिचित गराउन प्रतिबद्ध छौं। यस प्रकारका भ्रमणले उनीहरूमा नेतृत्व, नागरिक चेतना र जिम्मेवारीबोध बढाउँछ।”
विद्यालयले यस्ता शैक्षिक भ्रमणहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।






