राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयक संविधानको मर्म र भावना विपरीत : एनपी साउद

काठमाडौं – नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले तयार गरेको ‘राष्ट्रिय अनुसन्धान विभाग (इन्टेलिजेन्स) सम्बन्धी विधेयक’को मस्यौदा संवैधानिक मर्मविपरीत भएको दाबी गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले मस्यौदाअनुसार कानुन बनेमा आमनागरिकको फोन कल, म्यासेज र कुराकानी नियन्त्रण, निगरानी तथा ट्यापिङ गर्न सकिने व्यवस्था रहने भन्दै यसले व्यक्तिको गोपनीयताको हक खण्डित गर्ने चेतावनी दिए।

साउदका अनुसार पारदर्शिता अभाव रहेको गुप्तचर विभागलाई न्यायिक नियमनबिना नै निजी जीवनमा प्रवेश गर्ने कानुनी अधिकार प्रदान गर्नु व्यक्तिगत स्वतन्त्रतामाथि आघात हो। “देशको सुरक्षाका लागि सूचना संकलन आवश्यक भए पनि संविधानको परिपालनलाई दृष्टिगत नगरी यस किसिमका विधेयक ल्याउनु उचित हुँदैन,” उनले भने।

साउदले संसद्मा लेखक जर्ज अर्वेलको सन् १९४८ मा प्रकाशित पुस्तक नाइन्टिन एट्टी फोर को उदाहरण दिँदै अत्यधिक निगरानी र विचार नियन्त्रणको खतराबारे स्मरण गराए। पुस्तकमा सत्तावादी शासनले सम्पूर्ण सूचना, इतिहास र भाषालाई नियन्त्रणमा लिएर नागरिकको स्वतन्त्र सोच्ने क्षमता र स्वतन्त्र जीवन बिताउने अधिकार गुमाउने चेतावनी दिइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्