काठमाडौं — प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो भर्खरै सम्पन्न भएको विदेश भ्रमण तथा समसामयिक विषयमा सम्बोधन गर्ने नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।






