राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा राजीनामा दिने तयारीमा

काठमाडौँ –  कुलिङ अफ पिरियडसम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार ठहर गरेका प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन्।

स्रोतका अनुसार खतिवडाले मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्नका लागि सभामुख देवराज घिमिरेसँग समय मागेका छन्। बैठक सुरु हुनु अघि उनले सभामुख घिमिरे र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग भेट गरेका थिए।

विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई कुलिङ अफ पिरियड प्रकरणमा प्रत्यक्ष जिम्मेवार ठहर गर्दै किटान गरेको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्