देशका धेरै भागमा बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका सबै जिल्लामा बाढीको मध्यम जोखिम रहेको चेतावनी दिएको छ।

त्यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी, रौतहट, सर्लाही, बागमती प्रदेशका सिन्धुली, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, गण्डकी प्रदेशका लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनी प्रदेशका प्यूठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, र सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी र बैतडीमा पनि मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जोखिमयुक्त जिल्ला तथा आसपासका खोला–नदी किनार र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

आज कोशी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा ठूलो पानी पर्ने, देशका पहाडी भूभागका धेरै ठाउँ र मधेशसहितका तराई भेगका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। राति कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशका केही स्थानमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्