सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने पुनः थुनामै रहने

 

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जिल्ला अदालत रुपन्देहीले जारी गरेको छ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार लामिछानेको रिहाइसम्बन्धी निवेदन खारेज गर्दै थुनामै राख्ने आदेश दिएको हो। सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका छन्।

लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गर्न सहयोग गर्न तयार भएको तर्कसहित २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएर रिहाइको माग गरेका थिए। तर अदालतले उक्त माग अस्वीकार गरेको हो। यसअघि गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरिसकेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्