समाजसेवी सन्जिता खड्काको मौलिक तीज गीत ‘ठोक मादल ठोक’ सार्वजनिक

विरेन्द्र भाट, काठमाडौं – हिन्दू नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यसै क्रममा समाजसेवी तथा गायिका सन्जिता खड्काको मौलिक तीज गीत ‘ठोक मादल ठोक’ सार्वजनिक भएको छ।

सन्जिता खड्काको शब्द र संगीत रहेको यस गीतमा लोकप्रिय गायिका बिन्दु बी.सी. र सन्जिता खड्काकै सुमधुर स्वर समावेश छन्। संगीत संयोजन र ध्वनि मिश्रण राकेश सोनीले गरेका छन् भने रेकर्डिङ प्रिज्म डिजिटल स्टुडियोमा सम्पन्न भएको हो।

गीतमा एउटी अविवाहित युवतीले आफ्नो पनि जोडी भएको भए हुन्थ्यो, तीजको अवसरमा शृङ्गार गर्दा ‘राम्री छौ’ भन्दिने कोही साथ भएको भए कस्तो हुन्थ्यो होला भन्ने भाव व्यक्त गरिएको छ।

भिडियो सन्जिता खड्काकै निर्देशनमा तयार भएको हो। यसमा कलाकार मीना लामाले अभिनयसँगै कोरियोग्राफी पनि प्रस्तुत गरेकी छन्। छायांकन सन्तोष थापा मगर र पदम मगरले गरेका छन् भने सम्पादन तथा रंग संयोजन लोकेश भटको रहेको छ। समूह नृत्यमा सजना राई, सालिना तामाङ, सबिता तामाङ, हाँगसया राई, आकृति साहु, सुनिता गुरुङ, अस्मिता तामाङ, सम्झना थारु, बिनिता थापा र कृतिका परियार सहभागी छन्।

भिडियो World Cover Media र सन्जिता खड्काको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्