महालक्ष्मी बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना कर्मचारी पक्राउ

काठमाडौं – महालक्ष्मी बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका-७ बस्ते ३५ वर्षीय सागर शाही, शैल्यशिखर-९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका-१ घर भई बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखा कार्यालयबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैया २९ पैसा नोक्सानी गरेको आरोपमा कर्मचारी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार  उनीहरुले बैंकको भल्टमा रहेको नगद गैरकानुनी रफमा भुक्तानी लिएर बैंकलाई नोक्सानी पुर्‍याएको आरोप छ । कुन कर्मचारी कति दोषी हो भन्ने कुरा अनुसन्धानबाट मात्रै खुल्ने र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बैंकको रकम अपचलन भइरहेको सबै कर्मचारीहरुलाई थाहा भएको खुलेको छ ।

‘कुन कर्मचारी कति दोषी हो भन्ने कुरा पछि अनुसन्धानबाट खुल्छ नै तर प्रहरीको प्रारम्भिक अनुसन्धान र बैंकको उजुरीको आधारमा बैंकको रकम अपलचनमा ४ जना कर्मचारीको संलग्नता देखिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको छ, दाहालले उपहारखबरसँग भने, सर्वधारणको रकम नभइ बैंकको भल्ट रकमलाई उनिहरुले अपचलन गरेको खुल्न आएको छ ।’ बैँकको रकम अपचलनमा कसको दोष कति हो भन्ने कुरा अनुसन्धानपछि मात्रै थाहा हुने र त्यहि अनुसारको माग दाबी हुने उनले बताए ।

प्रारम्भिक अनुसन्धानबाट चार जना कर्मचारीको मिलेमतोमा बैंकलाई नोक्सानी पुर्‍याइएको भनी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको दाहालले बताए । पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गराई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्