दैलेख- १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ बस्ने २५ वर्षीय खगेन्द्र भण्डारी र २५ वर्षीय गोपेन्द्र भन्ने गोबिन्द बहादुर शाहीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकी जम्बुकाँधबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






