सिन्धुपाल्चोकमा पेट दुखेर अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक

सिन्धुपाल्चोक — पेट दुखेपछि अस्पताल पुर्‍याइएकी एक नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक भएको छ। जिल्लाको सदरमुकाम नजिकै पर्ने चौतारा साँगा चोकगढी नगरपालिका निवासी ती किशोरीमाथि विगत नौ महिनादेखि यौन दुर्व्यवहार हुँदै आएको खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा नायब उपरीक्षक (डिएसपी) माधवराज खरेलका अनुसार मंगलबार पेट दुखेपछि ती किशोरीलाई परिवारले अस्पताल लगेका थिए। सुत्केरी प्रक्रिया अघि बढ्दासाथ चिकित्सकहरूले किशोरीको उमेरमा शंका गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा स्थानीय ५० वर्षीय श्रेष्ठ थरका एक पुरुषले पीडित किशोरीमाथि पटक–पटक जबरजस्ती करणी गर्दै आएको खुलेको डिएसपी खरेलले जानकारी दिए। बलात्कारपछि गर्भवती भएकी किशोरीले हालै बच्चा जन्माएकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्