राजनीतिक दलहरु नमिल्दा अघि बढेन शिक्षा विधेयक, आन्दोलनको तयारीमा शिक्षक महासंघ

काठमाडौँ – सरकारले समयमा शिक्षा ऐन जारी नगरेपछि शिक्षक महासंघ फेरि आन्दोलनको ‘मुड’मा पुगेको छ । त्यसका लागि छलफल गर्न आज महासंघको बैठक बस्दै छ ।

महासंघले २१ साउनसम्मको अल्टिमेटम दिएर संसदमाथि दबाब बढाएको थियो । तर, सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच कुरा नमिल्दा विधेयक अगाडि बढेको छैन । दिएको अल्टिमेटममा ऐन जारी नभएपछि महासंघले आन्दोलनका रणनीति बनाउन आज छलफल गर्न लागेको हो ।

‘विद्यालय शिक्षा विधेयक, २०८०’ हाल संघीय संसद अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा छ । समितिमा राजनीतिक सहमति नजुटेका कारण विधेयक समितिबाट पारित हुन सकेको छैन । कांग्रेस र एमालेबीच शिक्षा विधेयकमा फरक मत देखिएको छ । उनीहरूले सहमति जुटाउने प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म सहमति नजुटेका कारण समिति पनि प्रभावित भएको छ ।

त्यस्तै उक्त विधेयकमाथि छलफल गर्न समितिले आजै दिउँसो २ बजेका लागि बैठक राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्