प्रचण्डलाई व्यङ्ग्य गर्दै एमाले महासचिवले सार्वजनिक गरे बहुदलीय व्यवस्था स्थापनापछिका नेतृत्वहरूको सूची

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जालमा एमाले, कांग्रेस र माओवादीका प्रमुखहरूको सूची प्रस्तुत गरेर महासचिव पोखरेलले प्रचण्डलाई व्यङ्ग्य गरेका हुन् ।

अध्यक्ष प्रचण्डको अगुवाइमा हिजो कांग्रेस र एमालेबाहेक दलहरूको बैठक बसेको थियो । र, उक्त बैठकमा निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दल स्व:मूल्यांकन कार्य विधिबारे छलफल गरेका थिए । उक्त छलफलमा उनीहरूले आयोग दुई दलीय व्यवस्थाको पक्षमा देखिएको भन्दै आपत्ति जनाएका थिए ।

आयोगको कार्य विधिमा प्रश्न उठाएका प्रचण्डलाई जवाफ दिन महासचिव पोखरेलले बहुदलीय व्यवस्था स्थापनापछि नेतृत्वको सूची सार्वजनिक गरेका हुन् । पोखरेल स्वयम् पनि दुई दलीय व्यवस्थाका पक्षधर मानिन्छन् । पटक–पटक उनी उक्त व्यवस्थाको वकालत गर्दै आएका छन् ।

अहिले प्रचण्डलाई व्यङ्ग्य गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्:

बहुदलीय व्यवस्थाको स्थापनापछि नेतृत्व निर्माणका दृष्टिले यस्तो छ प्रमुख दलको अवस्थाः
नेकपा (एमाले)को मुख्य नेतृत्व
मदन भण्डारी
मनमोहन अधिकारी
माधव कुमार नेपाल
झलनाथ खनाल
केपी शर्मा ओली

नेपाली कांग्रेसको मुख्य नेतृत्व
कृष्णप्रसाद भट्टराई
गिरिजाप्रसाद कोइराला
सुशिल कोइराला
शेरवहादुर देउवा

नेकपा (माओवादी केन्द्र)को मुख्य नेतृत्व
पुष्पकमल दाहाल प्रचण्ड

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्