बुधबार सेयर बजार सामान्य घट्यो, माइक्रोफाइनान्समा उत्साह

काठमाडौं – बुधबार सेयर बजार झिनो अंकमा ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२ मा बन्द भयो। कारोबारको क्रममा बजार दिउँसो १:४६ बजे २८५६ सम्म उक्लिए पनि अन्तिम १५ मिनेटको भारित औसत मूल्य (VWAP) अनुसार बजार समापनमा घटेर बन्द भएको हो। आजको न्यूनतम बिन्दु २८२८ अंक रह्यो।

११२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ। आजको बजारमा सबैभन्दा बढी आकर्षण माइक्रोफाइनान्स समूहमा देखियो। गत वर्षको नाफाबाट १५ प्रतिशतभन्दा बढी लाभांश दिन सकिने चर्चा चलेपछि यो समूह १.४१ प्रतिशतले उकालो लाग्यो।

त्यस्तै, लगानी समूह ०.४९ प्रतिशत र अन्य समूह ०.४४ प्रतिशतले बढे। तर बैंकिङ (०.४७%), विकास बैंक (०.६१%), फाइनान्स (०.४१%), होटल तथा पर्यटन (०.०५%), हाइड्रोपावर (०.१५%), जीवन बीमा (०.४५%), उत्पादन तथा प्रशोधन (०.१०%), निर्जीवन बीमा (०.३६%) र व्यापार (०.६६%) समूहमा गिरावट आयो।

आजको दिनमा विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावरका सेयर मूल्य १० प्रतिशतले उक्लिए। समाज लघुवित्त ७.९३% र स्वाभिमान लघुवित्त ७.८३% ले बढे। विपरीत, थ्रीस्टार हाइड्रोपावर ३.७८%, समता घरेलु लघुवित्त २.७२% र युनिलिभर नेपाल २.७१% ले घटे। धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र बलेफी हाइड्रोपावर अगाडि रहे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्