काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साउन २३ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक रास्वपाको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ।
पार्टी प्रवक्ता मनीष झाका अनुसार बैठकको मिति र समय तय गरिएको भए पनि छलफल हुने एजेन्डाहरू बुधबार साँझसम्म टुंगो लगाइनेछ।
यसअघि मंगलबार बसेको सचिवालय बैठकमा रुपन्देही–३ उपनिर्वाचन प्रमुख एजेन्डा बनेको थियो। सोही विषयलाई केन्द्रीय समिति बैठकमा पनि विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।






