११ करोड ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव प्रहरीमा उपस्थित

काठमाडौं – सेयर कारोबारबापत ११ करोड रुपैयाँ फिर्ता नदिएको आरोप लागेपछि सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसरमा उपस्थित भएका छन्। सेयर कारोबारी दीपेन्द्र अग्रवालका तर्फबाट मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख रुपैयाँ फिर्ता नपाएको भन्दै ठगीको जाहेरी दिएका थिए।

प्रहरीका अनुसार श्रीवास्तव आफैं परिसरमा उपस्थित भएका हुन् भने घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ। धितोपत्र बोर्डको अनुसन्धान अनुसार दीपेन्द्र अग्रवालले आफ्नै नियन्त्रणमा रहेका १५ व्यक्तिका नाममा सेयर खरिद–बिक्री गरी मूल्य कृत्रिम रूपमा बढाउने र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई प्रभावित पार्ने कार्य गर्दै आएका थिए।

प्रहरीले उजुरीमा उल्लेख गरिएअनुसार श्रीवास्तवले सो ब्रोकर कम्पनीमार्फत कारोबार भएकै रकम फिर्ता नगरेको भन्दै ठगीको आरोपमा अनुसन्धान अघि बढाएको हो। श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान गर्ने वा नगर्ने भन्ने विषयमा जिल्ला अदालत काठमाडौंको अनुमति अनुसार प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्