आज इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त हुने, आजै सपथ !

हेटौंडा — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्रीमा नियुक्त हुँदै छन्। उनले सोमबार प्रदेश प्रमुखको कार्यालयमा कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित सरकार गठनको दाबी पेश गरेका थिए।

मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) दिउँसो २ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए। सोही आधारमा बानियाँलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरिने भएको हो।

प्रदेश प्रमुख कार्यालयले आजै दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम तय गरेको छ। शपथपछि उनले कांग्रेस र एमालेको साझेदारीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बागमती प्रदेशमा ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ। बानियाँले कांग्रेस–एमाले गठबन्धनबाट ६४ सांसदको समर्थन जुटाएका छन्।

लामाले आफ्नै दलका सांसदद्वारा दर्ता गरिएको अविश्वास प्रस्तावको मतविभाजनमा पराजित भएपछि पद गुमाएका थिए। कांग्रेस र एमालेबीच २०–२० महिनाको मुख्यमन्त्री नेतृत्व गर्ने सहमति अनुसार बानियाँले अब ८ महिनासम्म सरकारको नेतृत्व गर्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्