बहुविवाहलाई वैधता दिने प्रयास महिलाको आत्मसम्मानमाथि प्रहार हो : नेविसंघ नेता गुरुङ

काठमाडौं – पछिल्लो समय बहुविवाहलाई वैधता दिने गरी कानुन संशोधनको प्रयास भइरहेको विषयले सामाजिक र राजनीतिक वृत्तमा तीव्र बहस ल्याएको छ। यसै सन्दर्भमा नेपाली काँग्रेस निकट विद्यार्थी नेता गीता गुरुङले यस्तो प्रयासप्रति कडा आपत्ति जनाएकी छन्।

उनका अनुसार, बहुविवाहलाई कानुनी मान्यता दिनु न केवल सामाजिक मूल्य–मान्यतामाथिको प्रहार हो, तर यो आम महिलाको आत्मसम्मान र स्वाभिमानमा गम्भीर चोट पुर्‍याउने कार्यसमेत हो। “हाम्रो संविधानले सुनिश्चित गरेको लैङ्गिक समानताको मर्म विपरित महिलामाथि थप अन्याय हुनेगरी पुरुषलाई बहुविवाह गर्न प्रोत्साहन दिने कानुन संशोधन गर्नु लज्जास्पद छ,” गुरुङले भनिन्।

नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य समेत रहेकी गुरुङले कानुन संशोधनको नाममा महिला अधिकारमा कुठाराघात गर्न खोजिएको आरोप लगाइन्। उनले भनिन्, “यस्ता प्रावधानले पुरुष र महिलाबीचको असमानतालाई अझ गहिरो बनाउनेछन्। महिलामाथि हिंसा, विभेद र मानसिक यातना बढ्ने निश्चित छ।” गुरुङ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

गुरुङले संसद र सरकारले यस्तो प्रस्ताव फिर्ता लिई महिलाको हक र समानताका पक्षमा दृढ उभिन आग्रह गरेकी छन्। उनले आम नागरिक, महिला अधिकारकर्मी र प्रगतिशील शक्ति मिलेर यस्तो प्रतिगामी प्रयासको विरोधमा एकजुट हुनुपर्ने पनि बताइन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्