नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अध्यक्ष प्रचण्डको जबाफपछि समापन हुने

File Photo

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेबाट सुरू हुने बैठक तेस्रो दिनसम्म जारी रहनेछ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाका अनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीका सदस्यहरूले उठाएका प्रश्न र टिप्पणीहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको समसामयिक राजनीतिक अवस्था, भावी रणनीति, सांगठनिक सुदृढीकरण लगायतका विषयमा प्रस्ताव पेश गरेका थिए। शनिबार स्थायी कमिटी सदस्यहरूले ती प्रस्ताव र एजेन्डाहरूमाथि आ–आफ्ना धारणा राखेका थिए।

आजको बैठकले ती धारणा र छलफलको आधारमा निर्णयहरू लिने र बैठक औपचारिक रूपमा समापन गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए। यसै बैठकबाट पार्टीको आगामी केन्द्रीय समिति बैठक कहिले बस्ने भन्ने मिति पनि तय गरिनेछ। स्थायी कमिटी बैठकलाई पार्टीको भावी योजना तय गर्ने दृष्टिले महत्वपूर्ण मानिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्