“गल्ती गर्नेले आत्मआलोचना गर्नुपर्छ” : प्रचण्ड

File Photo

काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्नेले आत्मआलोचना गर्नुपर्ने स्पष्ट पारेका छन्। आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, “अहिले छलफल चलिराखेकै छ, जसले गल्ती गर्‍यो, उसैले आत्मआलोचना गर्नुपर्छ।”

यसअघि बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति खुलेर आलोचना गरेका थिए। उनले प्रचण्डकै नेतृत्वका कारण पार्टीको मत ३१ लाखबाट ११ लाखमा झरेको दाबी गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्