हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपछि लामाले आइतबार राजीनामा दिने तयारी गरेका हुन् ।
शनिवार सभापति शेरबहादुर देउवासँग लामाको छलफलपछि तीनजना मन्त्रीको सपथ गराउने र सरकार सहमतिमा सञ्चालन गर्ने सहमति बनेपछि लामाले मार्गप्रशस्त गर्न राजी भएका हुन् । प्रदेश प्रमुख बिरामी भएकाले सपथ रोकिएको थियो । अब देवकोटा फर्किएपछि वा कार्यालयमा पत्र दर्ता गरी राजीनामा दिइनेछ । लामाको राजीनापछि कांग्रेस नेता इन्द्र बानियाँ नयाँ मुख्यमन्त्री बन्नेछन् । एमालेसँगको सहमति अनुसार उनले ८ महिना सरकारको नेतृत्व गर्नेछन् ।






