किसान नेता भीमदत्त पन्तको स्मृति दिवस आज, देशभर विविध कार्यक्रमहरू गरिदैँ

कञ्चनपुर- किसान नेता, सामाजिक न्यायका अग्रदूत र विद्रोही योद्धा भीमदत्त पन्तको ७२औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रमहरूसहित मनाइँदैछ। वि.सं. १९८३ साल मङ्सिर १० गते डडेलधुराको कारीगाउँमा जन्मिएका भीमदत्तले सामन्ती व्यवस्था, छुवाछूत, श्रमशोषण र जातीय विभेदका विरुद्ध विद्रोह गरेका थिए। उनले थारू, मगर, दलितलगायत उत्पीडित समुदायलाई संगठित गर्दै ‘मुक्ति सेना’ गठन गरेका थिए।

सामुदायिक रूपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरिराम लोहारका अनुसार भीमदत्त पन्त एक दूरदर्शी, साहसी र न्यायका लागि समर्पित नेता थिए। पूर्वसांसद निरा जैरूका अनुसार उनले जोताहा किसानको पक्षमा उठाएको आवाज अहिले पनि उतिकै सान्दर्भिक छ।

वि.सं. २०१० साल साउन १७ गते कञ्चनपुरको बुडरस्थित गइलेकमा उनलाई गोली हानी हत्या गरियो। उनको योगदानलाई सम्मान गर्दै सरकारले २०७२ साल फागुनमा भीमदत्तलाई ‘शहीद’ घोषणा गरेको थियो। आजको दिनमा विभिन्न किसान आन्दोलन, सामाजिक न्यायका बहस र राजनीतिक कार्यक्रमहरूमा भीमदत्तको योगदान स्मरण गरिँदैछ। उनको सपना, विचार र संघर्षले अझै पनि नेपालको सामाजिक रूपान्तरणको प्रेरणा दिइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्