अर्किड आइडल डान्स कम्पिटिसन (सीजन १२) को छनोट राउण्ड सम्पन्न

काठमाडौं — अर्किड आइडल डान्स कम्पिटिसन (सीजन १२) २०८२ को पहिलो चरणको छनोट राउण्ड सम्पन्न भएको छ।
काठमाडौंको गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गर्दै आएको यो नृत्य प्रतियोगिता २०८२ सालको श्रावण १६ गतेदेखि सुरू भएको हो। विद्यालयका अनुसार यसपालि करिब १५९ जना विद्यार्थीले अडिसन राउण्डमा सहभागिता जनाई आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरेका थिए।

उनीहरूले आफ्ना ऊर्जा, सिर्जनात्मकता र समर्पणले निर्णायक मण्डल तथा उपस्थित दर्शकहरूलाई मोहित पारेका थिए। छनोट प्रक्रियाबाट १०० जना उत्कृष्ट सहभागीहरू दोस्रो चरणका लागि छनोट भएका छन्। दोस्रो चरणको प्रतिस्पर्धा आगामी श्रावण २३ गते हुने विद्यालयले जनाएको छ।

विद्यालयले अडिसनमा सहभागि सबै विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूको आत्मविश्वास, मिहिनेत र कलात्मक प्रस्तुतिको प्रशंसा गरेको छ। विद्यालयले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा अझ निखार्दै उत्कृष्टता हासिल गर्न प्रोत्साहित गरेको छ।

प्रतियोगिताको फाईनल राउण्ड साउन ३० गते हुने छ। फाईनल राउण्डमा उत्कृष्ट चार समुहलाई साथै उत्कृष्ट पहिरन, भेषभुषा लगायतका विधामा समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयले जानकारी दिएको छ।

विद्यालयको अतिरिक्त क्रियाकलाप (ईसीए) विभागको संयोजनमा सञ्चालन भइरहेको यो प्रतियोगिता विद्यालयको वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा आयोजना हुँदै आएको छ। विद्यालयले आगामी चरणहरूमा सहभागीहरूले अझ उत्कृष्ट प्रस्तुति दिने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्