काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन्।
शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले देश विविधताले भरिएको भएकाले सबै जातजाति र भाषाभाषीको सम्मान हुनुपर्ने उल्लेख गरे।
“जातको आधारमा नभई समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्नुपर्छ,” देउवाले भने, “सङ्कीर्ण जातीय सोचले समाज र देश परिवर्तन गर्न सक्दैन।”
उनले नेतृत्व सबैलाई साथमा लिएर अघि बढ्न सक्ने हुनुपर्ने र सबै नागरिकले समान व्यवहार पाउनुपर्नेमा पनि जोड दिए।






