लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँ पुगेको थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार दुई सय ७० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार दुई सय ३५ रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्