वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन सुझाव

वाग्मती-  नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

केही दिनअघि मात्रै कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामाले अब हठ छाडेर नैतिक जिम्मेवारी वहन गर्नुपर्ने बताए।

‘उहाँले दलको नेताको हैसियत गुमाइसक्नु भएको छ, यस्तो अवस्थामा उहाँले पदमा रहिरहनु उपयुक्त हुँदैन,’ नेता बानियाँले भने, ‘व्यक्तिगत मनमुटाव छैन, तर अबको बाटो खुला गर्न उहाँले मार्गप्रशस्त गर्नु जरुरी छ।’

यसैबीच, वाग्मती प्रदेशमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ। कांग्रेसले लामाको नेतृत्वमा रहेको सरकारलाई समर्थन नदिने संकेत गर्दै नयाँ सरकार गठनको सम्भावना बढाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्