सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा

काठमाडौं –ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौं प्रहरी परिसरले साउन ५ गते टोखाबाट पक्राउ गरेका अग्रवाललाई अदालतको आदेशपछि करिब १० दिनको अनुसन्धानपश्चात रिहा गरिएको हो।

धनुषाका दिनेशप्रसाद साहबाट ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा अग्रवाल पक्राउ परेका थिए। अग्रवालले सामाजिक सञ्जालमार्फत सेयर खरिदका लागि लगानीकर्तालाई प्रलोभन दिने, आफैं मूल्य बढाएर बेच्ने, १५ वटा TMS खातामार्फत हेरफेर गर्ने र अन्य व्यक्तिका खाताबाट रकम सार्ने जस्ता गतिविधि गरेको अनुसन्धानमा खुलेको छ।

नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार आवश्यक परेमा अग्रवाल तुरुन्त उपस्थित हुनुपर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्