नेरीक एकेडेमीले श्रावण ३१ गते अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता आयोजना गर्ने

काठमाडौं, श्रावण ११ – काठमाडौंको शंखमुलस्थित नेरीक एकेडेमीले विद्यार्थीहरूको साङ्गीतिक तथा सांस्कृतिक प्रतिभालाई प्रोत्साहन गर्न अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता आयोजना गर्न लागेको छ। आगामी श्रावण ३१ गते शनिवार बिहान १०:०० बजे विद्यालयको प्राङ्गणमा आयोजना हुने कार्यक्रममा विभिन्न विद्यालयका सहभागीहरू सहभागी हुनेछन्।

कार्यक्रमका संयोजक तथा एकेडेमीकी प्रिन्सिपल मिलन कँडेल क्षेत्रीका अनुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक विद्यालयहरूले आवश्यक फारम भरी बुझाउनुपर्ने छ । प्रतियोगिताको उद्देश्य छात्रछात्राहरूको सिर्जनात्मकता अभिव्यक्त गर्ने र नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने रहेको बताइएको छ।

कार्यक्रममा प्रस्तुत नृत्य तीज विशेष गीतमा आधारित हुनुपर्नेछ भने नृत्य समूह अधिकतम ५ जनासम्मको हुनु पर्नेछ। प्रत्येक प्रस्तुति ५ मिनेट भित्र समेटिनुपर्नेछ। आयोजकले उत्कृष्ट प्रस्तुति गर्ने समूहलाई नगद र प्रमाणपत्रद्वारा सम्मान गर्नेछ।

पुरस्कार विवरण:

  • प्रथम पुरस्कार: नगद २०,०००, ट्रफी र प्रमाणपत्र

  • द्वितीय पुरस्कार: नगद १५,०००, ट्रफी र प्रमाणपत्र

  • तृतीय पुरस्कार: नगद १०,०००, ट्रफी र प्रमाणपत्र

  • सान्त्वना पुरस्कार (२ समूह): नगद ५,०००, ट्रफी र प्रमाणपत्र

  • उत्कृष्ट कोरियोग्राफी पुरस्कार: नगद ५,०००, प्रमाणपत्र

प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूले विद्यालयको नाम, उमेर, फोटोसहित फारम भरी पेश गर्नुपर्नेछ। यस कार्यक्रममार्फत बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रम नेरिक एकेडेमी, शंखमुल, काठमाडौंमा बिहान १०:०० बजेबाट हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्