कम्बोडिया–थाइल्याण्ड युद्धविराममा सहमति, ट्रम्पको पहलमा समाधानको संकेत

काठमाडौं – सीमा विवादका कारण चर्किएको द्वन्द्वपछि कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीच युद्धविरामको सहमति भएको जानकारी दिएका हुन्। यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम योजनाको स्वागत गरेका थिए। उनले कम्बोडियाका विदेशमन्त्री र अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच द्वन्द्व अन्त्यका लागि संवाद भइरहेको जानकारी दिएका थिए।

कम्बोडिया र थाइल्याण्डबीचको सीमा विवादले हालैको हप्तामा तीव्र रूप लिएको थियो। यही तनावका क्रममा कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो। दुई देशबीचको भिडन्तमा अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

राष्ट्रपति ट्रम्पले जारी द्वन्द्व रोकिएन भने व्यापार सम्झौताबारे कुनै छलफल नगर्ने स्पष्ट चेतावनी दिएका थिए। अमेरिकी पहल र कूटनीतिक दबाबपछि दुवै देश वार्ताको टेबलमा आउन तयार भएको जनाइएको छ। युद्धविराम कार्यान्वयन कसरी गरिने र सीमा विवाद समाधानका लागि स्थायी उपाय के अपनाइने भन्नेबारे दुवै पक्षका अधिकारीहरूबीच छलफल जारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्