मधेशको जलसंकट समाधानका लागि साझा प्रयास आवश्यक : मन्त्री यादव

काठमाण्डौ – खानेपानी तथा ढल निकास मन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लामा व्याप्त खानेपानी संकट समाधानका लागि सबै क्षेत्रको साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभएको छ।

पर्साको ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’को उद्घाटन समारोहमा आज बोल्दै मन्त्री यादवले तराई/मधेश क्षेत्र गम्भीर जलसंकटको सामना गरिरहेको उल्लेख गर्दै समस्या समाधानमा सहानुभूति मात्र होइन, व्यावहारिक र संयुक्त पहल अपरिहार्य रहेकोमा जोड दिनुभयो।

उहाँले दातृ निकाय, संघ–संस्था र नागरिक समाज सबैलाई सहयोगका लागि आह्वान गर्दै जल स्रोत व्यवस्थापनमा दीर्घकालीन योजना आवश्यक रहेको संकेत गर्नुभयो। कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले निर्मल बस्ती आयोजनामार्फत ठोरीका दुई हजारभन्दा बढी नागरिकले प्रत्यक्ष लाभ पाउने जानकारी दिनुभयो।

उक्त आयोजनाले स्वच्छ खानेपानीको पहुँच अभावमा रहेका बस्तीहरूलाई राहत दिने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्