संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुखले कार्यव्यवस्था समिति बैठक बोलाए

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यतालिका (क्यालेन्डर) सम्बन्धी छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

सभामुखको सचिवालयका अनुसार साउन १५ गतेसम्मको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न आज १२ बजे बैठक बोलाइएको हो। बैठकमा आगामी बैठकहरूको कार्यसूची, विधेयकको अवस्था, र संसद्‌को सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक विषयहरूमा संवाद हुने बताइएको छ।

समितिमा प्रतिनिधिसभाका प्रमुख दलका नेताहरू, प्रमुख सचेतक, संसदीय दलका प्रतिनिधि, र संसद् सचिवालयका अधिकारीहरूको सहभागिता रहनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्