११ जना एसपी एसएसपीमा बढुवा, गृह मन्त्रालयको सिफारिस सार्वजनिक

काठमाडौं — गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो।

मन्त्रालयद्वारा सिफारिस गरिएका एसएसपीहरूमा विभिन्न प्रदेश तथा केन्द्रीय प्रहरी कार्यालयमा कार्यरत अधिकारीहरू समावेश छन्।

बढुवा सिफारिसमा परेका ११ एसपीहरू यसप्रकार छन्:

  1. तुलबहादुर कार्की — गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा

  2. राकेश सिंह — कोशी प्रदेश प्रहरी कार्यालय

  3. राजिव बहादुर बस्नेत — कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत

  4. कमल थापा — नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल

  5. प्रविण धिताल — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

  6. प्रकाश रानाभाट — नेपाल प्रहरी प्रधान कार्यालय, प्रवन्ध शाखा

  7. ज्ञानेन्द्र प्रसाद फुयाल — कार्य विभाग, सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल

  8. दीपक पोखरेल — कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर

  9. दयानिधि ज्ञवाली — नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौं

  10. दीपेन्द्र शाही — जिल्ला प्रहरी कार्यालय, धादिङ

  11. केदार खनाल — जिल्ला प्रहरी कार्यालय, बर्दिया

उनीहरूको अनुभव, कार्यसम्पादन मूल्यांकन तथा सेवा अवधि आदिका आधारमा सिफारिस गरिएको बताइएको छ। बढुवा सिफारिस अब मन्त्रिपरिषद्को स्वीकृति पछि कार्यान्वयनमा जानेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्