रातिदेखि जारी वर्षा : देशका केही भागमा ठूलो पानीको सम्भावना

काठमाण्डौ- सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा रातिदेखि नै पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानपख कैलाली, कञ्चनपुर र सिन्धुपाल्चोकमा ठूलो पानी परे पनि अहिले वर्षाको तीव्रता केही घटेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिमसहित देशका पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानसमेत गरिएको छ। राति गण्डकी प्रदेशका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

लगातारको वर्षाका कारण पहाडी तथा नदी आसपासका क्षेत्रहरूमा बाढी, पहिरो र डुबानको जोखिम समेत बढ्न सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्