काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच च्यासलस्थित एमाले मुख्यालयमा गोप्य भेटवार्ता सम्पन्न भएको छ।
स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार दुई नेताबीच करिब २ घण्टा एक्लाएक्लै छलफल भएको हो। पछिल्लो समसामयिक राजनीतिक विषयमा केन्द्रित भएर छलफल भएको बताइए पनि त्यसको विस्तृत विषयवस्तु बाहिर आएको छैन।
भेटवार्ता सम्पन्न भएपछि ओली र भण्डारी दुवैजना एमाले मुख्यालयबाट बाहिरिएका छन्।