रेमिट्यान्स पठाउनेलाई भोटको अधिकार दिनु सरकारको दायित्व हो: रन्जु दर्शना

काठमाडौं– विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शनाले बिदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आउँदो २०८४ सालको निर्वाचनसम्ममा रेमिट्यान्स पठाउने श्रमिकहरूलाई भोट दिन मिल्ने व्यवस्था लागू गर्नुपर्ने स्पष्ट रूपमा उल्लेख गरेकी छन्।

‘नोट चल्छ भने भोट पनि चल्नुपर्छ, नो इफ, नो बट !’ भन्दै दर्शनाले सरकारलाई सम्बोधन गर्दै भनेकी छन्, “२०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व हो।” उनको यो भनाइले बिदेशस्थित नेपालीहरूको राजनीतिक अधिकारको सवालमा पुनः बहसलाई तीव्रता दिएको छ। हालसम्म बिदेशमा रहेका नेपाली नागरिकले मतदान गर्ने अधिकार कानुनी रूपमा सुनिश्चित भए पनि व्यवहारिक रूपमा कार्यान्वयनमा आएको छैन।

विश्लेषकहरूका अनुसार सरकार गम्भीर भएमा डिजिटल प्रविधिको प्रयोगबाट मतदानको वैकल्पिक प्रणाली विकास गर्न सकिने भए पनि त्यसतर्फ पर्याप्त तयारी देखिएको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्