एमाले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेरहद र भण्डारीको सदस्यता विषयमा छलफल

काठमाडौँ — नेकपा एमालेको पोलिटब्युरो बैठकमा नेताहरूले पार्टीभित्रको ७० वर्षे उमेरहद, दुई वर्षे कार्यकाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण सम्बन्धी विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको बैठकमा नेताहरूले पार्टी विधानमा उल्लेखित विषयबाहेक यी मुद्दाहरूमाथि विशेष छलफल गरेका हुन्। बैठकमा जिल्ला, प्रदेश र स्थानीय कमिटीलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत नेताहरूले जोड दिएका छन्।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा नेताहरूले जिल्ला कमिटीसँग समन्वय बलियो बनाउन, प्रदेश कमिटीलाई सुदृढ बनाउन र स्थानीय तहका कमिटीलाई कार्यकारी स्वरूपमा अगाडि बढाउनुपर्ने सुझाव दिएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आजै समापन गर्ने निर्देशन (रुलिङ) दिएको र त्यसैअनुसार छलफल तीव्र रूपमा अघि बढिरहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्