विद्यादेवी भण्डारीको राजनीतिमा फर्किने विषय गम्भीर हो: प्रधानमन्त्री ओली

File Photo

काठमाडौं — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनलाई गम्भीर विषयको रूपमा लिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्युरो बैठकमा बोल्दै ओलीले यसबारेमा उचित समयमा पार्टीले निष्कर्ष निकाल्ने बताएका हुन्।

बैठकमा प्रधानमन्त्री ओलीले भने, “राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, यो देशको सर्वोच्च पद सम्हालेको, गणतन्त्रको गौरव र राष्ट्रिय एकताको प्रतीक बनिसकेको व्यक्तिले पुनः सक्रिय राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर विषय हो।”

उनका अनुसार, पार्टीले यसबारेमा गहिरो छलफल गरेर निर्णय लिनेछ। प्रधानमन्त्री ओलीले यसअघि सचिवालय बैठकमा पनि सोही विषयमा यस्तै धारणा व्यक्त गरिसकेको उल्लेख गरिएको छ।

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा सम्भावित सक्रियता हाल एमालेभित्र महत्वपूर्ण बहसको विषय बनेको छ। अध्यक्ष ओलीको अभिव्यक्तिलाई यससँग जोडेर हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्