काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ। आजको बैठकमा सात जना नेताले पार्टी विधान मस्यौदामाथि धारणा राखेका छन्।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले मस्यौदामाथि आफ्नो विचार व्यक्त गरेका हुन्।
गौतमले जानकारी दिएअनुसार बैठकमा ७० वर्षे उमेर सीमा, दुई कार्यकालको व्यवस्था, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमन लगायतका विषयमा धारणा राख्ने क्रम जारी छ।
पार्टीको नीति तथा संगठन सम्बन्धी महत्वपूर्ण प्रस्तावहरूमा आन्तरिक छलफल जारी रहेकोले बैठकलाई अर्को दिनका लागि सारिएको बताइएको छ।